युद्धकालीन कानून प्रयोग गर्न ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतको अनुमति


प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्धकालीन कानूनी प्रावधान प्रयोग गर्न अनुमति दिएको छ ।

दुर्लभ रूपमा प्रयोग गरिने युद्धकालीन शक्तिको कानूनी प्रावधान प्रयोग गरेर अमेरिकामा रहेर अपराधिक कृयाकलापमा सम्लग्नहरुलाई देश निकाला गर्न तत्कालका लागि सर्वोच्च अदालतले अनुमति दिएको हो ।

तल्लो अदालतले १५ मार्चमा निकाला गरिएका भेनेजुएलाका नागरिहरुलाई एल साल्भाडोर पठाउने निर्णयमा अस्थायी रूपमा रोक लगाएको थियो ।

उक्त अदालतले १७९८ को एलियन एनीमीस एक्ट अन्तर्गतको क्रियाकलापहरूको थप जाँच गर्न आदेश दिएको थियो ।

ट्रम्पले अमेरिकामा बसेर अमेरिका विरुद्ध गतिविधि गरेको आरोप लगाउदै ट्रेन् डे अर्गुआ ग्याङका सदस्य आप्रवासीहरूलाई हटाउन यस ऐनको प्रयोग गरेका थिए ।

ट्रम्प प्रशासनले सबै निर्वासित व्यक्तिहरू ट्रेन् डे अर्गुआ ग्याङका सदस्य रहेको बताएको छ । शक्तिशाली बहुराष्ट्रिय अपराध समूहलाई ट्रम्पले विदेशी आतंकवादी संगठनको रूपमा घोषणा गरेका छन् ।

यो ग्याङमाथि घरेलु र प्रमुख अमेरिकी शहरहरूमा यौन तस्करी, मादक पदार्थ तस्करी र हत्यामा संलग्न भएको आरोप छ । सर्वोच्चको आदेश पाएपछि प्रशासनले यो निर्णयलाई जितको रूपमा प्रस्तुत गरेको छ ।

सर्वोच्च अदालतका न्यायधीशहरूले देश निकाला गरिएका व्यक्तिहरूलाई कानूनी चुनौती दिने अवसर भने दिनुपर्ने बताएका छन । ट्रम्पले यो सर्वोच्चको निर्णयलाई अमेरिकामा न्यायको लागि ठूलो दिन भनेर टिप्पणी गरेका छन ।

सर्वोच्च अदालतले कानूनी शासनको समर्थन गरेको छ र राष्ट्रपति लाई सिमानाहरू सुरक्षित गर्न र परिवार र देशको रक्षा गर्न अनुमति दिएको छ उनले आफनो ट्रुथ सोशलमा लेखेका छन्।

कम्तीमा १३७ व्यक्तिहरूलाई ट्रम्प प्रशासनले एलियन एनीमीस ऐन अन्तर्गत देश निकाला गरिसकेको छ । यो देश निकालालाई अधिकारवादी समूहहरूले आलोचना गरिरहेका छन् ।

जुन दोस्रो विश्वयुद्धको समयमा यो कानून प्रयोग गरिएको थियो । यो कानूनले अमेरिकी राष्ट्रपति लाई दुश्मन मानिएका राष्ट्रका नागरिकहरूलाई बिना सामान्य प्रक्रिया हिरासतमा राख्न र निकाला गर्नको लागि अधिकार दिन्छ ।

यो ऐन १७९८ मा श्रृंखलाबद्ध कानूनी प्रावधानको रूपमा पास गरिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com