मुम्बई हमलाका दोषीलाई भारतको जिम्मा लगाउन अमेरिकी अदालतको अनुमति


प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार

भारतको मुम्बई हमलाका ओरोपीलाई अमेरिकाबाट भारत ल्याउन बाटो खुलेको छ । अमेरिकाको सर्वोच्च अदालतले मुम्बई हमलामा आरोपी तहब्बुर रानालाई भारतको जिम्मा लगाउन दिन सक्ने गरि आदेश जारी गरेको छ ।

भारतीय जिम्मा लगाउन नहुने अपिल अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिए पछि उनलाई भारतीय अधिकारीलाई सुम्पिन सहज हुने भएको हो ।

अव रानालाई भारत ल्याउने प्रकृया अघि बढ्ने अपेक्षा गरिएको छ । सन २००८ मा मुम्बईमा भएको आतंकवादी हमलामा उनको सम्लग्नता देखिएको भारतीय अधिकारीहरुले बताएका छन ।

६४ वर्षीय राना पाकिस्तानी मूलका क्यानडाली नागरिक हुन । आक्रमणका आरोपी राना २००९ मा अमेरिकामा पक्राउ परेका थिए । साथी डेभिड कोलम्यान हेडलीसँग मिलेर मुम्बईमा आक्रमण गराएको आरोप उनीमाथि रहेको छ ।

उनीहरु विरुद्ध डेनमार्कमा पनि आक्रमणको योजना बनाएको आरोप प्रमाणित गर्दै उनलाई २०१३ मा १४ वर्षको जेल सजाय सुनाइएको थियो । राना अमेरिकाको लस एन्जलसस्थित मेट्रोलिटन डिटेन्सन सेन्टरमा कैद छन् ।

आक्रमणमा संलग्नमध्ये अजमल कसाबलाई सन् २०१२ मा फाँसीको सजाय दिइएको थियो । २००८ को नोभेम्बर २६ मा आक्रमण हुँदा १६६ जनाको मृत्यु भएको थियो । ३०० जना भन्दा धेरै घाइते भएका थिए ।

भारतीय अधिकारीले धेरै पहिला देखि नै रानालाई भारतमा ल्याएर कारवाही गर्न प्रयास गरिरहेका थिए ।

तर अमेरिकी अदालतको सजाय अनुसार भारतमा ल्याउन मिलेको थिए । अब भने सर्वोच्चको फैसलासँगै रानालाई भारतमा ल्याएर भारतीय कानुन अनुसार कारवाही गर्न बाटो खुलेको छ ।

मुम्बई आक्रमणमा पिडितहरुले अमेरिकी अदालतको आदेशलाई सकारात्मक भनेका छन । उनीहरुले न्याय पाउने आशा जगाएको बताएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com