अमेरिकी दूतावासको चेतावनी – ‘गैरकानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक’


प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार

अमेरिकी दूतावास काठमाडौंले गैर कानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक रहेको बताएको छ । बुधबार सामाजिक सञ्जालमार्फत दूतावासले गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले सुरक्षा र जीवनलाई समेत जोखिममा पार्ने बताएको हो । आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैर कानुनी आप्रवासीहरूलाई निसानामा पार्ने र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउने भन्दै दूतावासले सचेत गराएको छ ।

दूतावासले लेखेको छ, “गैर कानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक छ । गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले तपाईँको सुरक्षा र जीवनलाई समेत जोखिममा पार्छ । आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैर कानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन् ।”

दूतावासले गैर कानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै नपुग्ने बताउँदै यसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउने उल्लेख गरेको छ । “यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन्, जसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउँछ ।”, दूतावासले लेखेको छ ।

दूतावासले गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गरेको जनाएको छ । यस्तै, अमेरिकी सिमानालाई मजबुत बनाई आफूहरू अमेरिकी नागरिकहरूको सुरक्षा गर्ने र गैर कानुनी आप्रवास तथा मानव बेचबिखनले निम्त्याउने पिडाको रोकथाम गर्ने समेत दूतावासले जनाएको छ ।

दूतावासले भनेको छ, “गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गर्दै छ । हाम्रा सिमानालाई मजबुत बनाई हामी अमेरिकी नागरिकहरूको सुरक्षा गर्छौँ र गैर कानुनी आप्रवास तथा मानव बेचबिखनले निम्त्याउने पिडाको रोकथाम गर्छौँ ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com