एफबीआई निर्देशक पटेल एटीएफको कार्यकारी निर्देशकबाट अचानक हटाइए
प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार

एफबीआई निर्देशक काश पटेललाई एटीएफको कार्यकारी निर्देशक पदबाट अचानक हटाइएको छ ।
एफबीआई निर्देशक काश पटेललाई शस्त्र, मदिरा, चुरोट तथा विस्फोटक पदार्थ (एटीएफ) ब्युरोको कार्यकारी निर्देशक पदबाट हटाइएको हो । एटीएफ कार्यालयहरूमा हाजिर हुन छोडेपछि उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो ।
एफबीआई निर्देशकको भूमिकामा रहेका पटेलले एटीएफको जिम्मेवारी पनि लिएका थिए । उनको स्थानमा अमेरिकी सेना सचिव ड्यानियल ड्रिस्कल लाई एटीएफको कार्यकारी निर्देशकको रूपमा नियुक्त गरिएको छ ।
काश पटेलको एफबीआईको कार्यभार धेरै भएकोले एटीएफको जिम्मेवारी पुरा गर्न नसक्ने अवस्था आएको देखिएको छ । अमेरिकी न्याय मन्त्रालयका एकजना अधिकारीले यस घटनाक्रममको पुष्टि गरेका छन्।
४५ वर्षीय पटेल २४ फेब्रुअरी २०२५ मा एटीएफको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएका थिए । उनले एफबीआई निर्देशकको रूपमा पनि केहि दिनमै सपथ लिएका थिए ।
न्याय विभाग भित्रका वरिष्ठ अधिकारीहरूले एटीएफ र ड्रग इन्फोर्समेन्ट एजेन्सी डिइइलाई एकीकृत गरेर खर्च कटौती गर्ने विषयमा विचार गरिरहेका छन ।
काश पटेललाई बिना कुनै औपचारिक जानकारी वा विज्ञप्ति हटाइएको घटनाले प्रशासनभित्रको भित्री द्वन्द्व र व्यवस्थापकीय अस्थिरतालाई उजागर गरेको छ ।
एटीएफ र अन्य संघीय एजेन्सीहरूको पुनर्संरचनाको संभावनाबीच भएको यो नेतृत्व परिवर्तनले थप बहस समेत उत्पन्न गराएको छ ।