अमेरिकाको भर्जिनियामा भएको गोलीकाण्डमा ३ जनाले ज्यान गुमाए


प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार

अमेरिकाको भर्जिनियामा भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ ।

स्पट्सिल्भेनिया काउन्टीमा भएको घटनामा ३ जनाको मृत्यु हुनुका साथै अन्य ३ जना घाइते भएका हुन । मंगलबार साँझ यो सामूहिक गोलीकाण्ड भएको हो ।

वासिङ्टन डीसीबाट लगभग १०५ किलोमिटर दक्षिणपश्चिममा रहेको स्पट्सिल्भेनिया काउन्टीको एक आवासीय परिसरमा यो गोलीकाण्ड भएको थियो ।

स्पट्सिल्भेनिया शेरिफको कार्यालयकी प्रवक्ता मेजर एलिजाबेथ स्कटले घटनाको छानबिन भइरहेको बताएका छन ।

अधिकारीहरूले घटनामा सम्लग्नहरुको खोजि भइरहेको बताएका छन । तर अहिलेसम्म कसैलाई पनि उनीहरुले पक्राउ गर्न सकिरहेका छैनन ।

घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको अवस्थाबारे कुनै जानकारी आएको छैन ।

अमेरिकामा सामूहिक गोलीकाण्डमा घटनाहरु बर्षेनी हुदै आएका छन । गोलीकाण्डका कारण मृत्यु हुनेको संख्यामा कुनै पनि कमि आएको दैखिदैन ।

विश्लेषकहरुले गोलीकाण्डमा सम्लग्न हुनेहरु मध्ये अधिकांशमा मानसिक समस्या र बदलाको भावना देखिने गरेको बताएका छन ।

प्रहरीले गोलीकाण्डमा सम्लग्नहरुलाई कानूनी दायरमा ल्याएर कारवाही गर्ने गरेको भएपनि घटनामा कमि नआउनुको कारण पहिचान गर्न आवश्यक देखिएको छ ।

अमेरिकामा व्यक्तिगत सुरक्षाका लागि बन्दुक राख्न पाउने कानूनी प्रावधान रहेको छ ।

यो प्रावधानको दुरुपयोग भएको भन्दै अधिकारीहरुले यसको पक्ष र विपक्षमा आफना धारणाहरु बेलाबेलामा सार्वजनिक गर्ने गरेका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com