मिशेल ओबामाले भनिन : सम्बन्ध विच्छेद ‘हल्ला’ मात्रै हो
प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार

पूर्व प्रथम महिला मिशेल ओबामाले आफू र बाराक ओबामाबीच सम्बन्ध विच्छेद हुन लागेको भन्ने हल्ला मात्रै भएको बताएकी छन ।
डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोह र पूर्व राष्ट्रपति जिम्मी कार्टरको अन्त्येष्टि जस्ता उच्चस्तरीय कार्यक्रममा मिशेल सहभागी नभएपछि ओबामा दम्पतीबीचको सम्बन्धबारे अड्कलबाजीहरू फैलिन थालेका थिए ।
अभिनेत्री सोफिया बुशले सञ्चालन गरेको वर्क इन प्रोग्रेस नामक पोडकास्टमा उनले आफू परिपक्व महिला भएको र अब आफ्नै तालिकालाई नियन्त्रण गर्न सक्ने अवस्थामा पुगेको बताइन् ।
उनले भनिन्, “मानिसहरूले विश्वास नै गर्न सकेनन् कि म आफ्नै लागि निर्णय गरिरहेकी छु । बरु उनीहरूले मेरो र मेरो श्रीमानको सम्बन्ध टुट्दैछ भन्ने ठानेर हल्ला फैलाए उनले भनेकी छन ।
मिशेलले आफूले केही सार्वजनिक जिम्मेवारीबाट पछि हट्दा केही मात्रामा अपराधबोध महसुस भएको पनि बताइन्। महिलाहरूको लागि अरूलाई निराश पार्नु कस्तो कठिन हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ,” उनले भनिन् ।
“मानिसहरू सोच्नसम्म सकेनन् कि म आफैँको लागि कुनै निर्णय लिँदैछु, बरु उनीहरूले हामी दुई छुट्टिदैछौँ भनेर अड्कल गरे।
यो त केवल एउटा परिपक्व महिलाले आफूका लागि केही निर्णय लिईरहेकी हो भन्ने बुझ्न सक्ने समाज कहाँ छ र ? समाजले हामी महिलामाथि यस्तै गर्छ।” उनले पोडकाष्टमा भनेकी हुन ।
ट्रम्पको शपथ ग्रहण समारोहमा उनी अनुपस्थित रहनु परम्पराबाट अलग देखिएको थियो ।
तर पनि, उनले आफू अझै पनि विभिन्न कार्यक्रममा भाषण दिने, विश्वभर सक्रिय रहने, परियोजनाहरूमा काम गर्ने र छोरीहरूको शिक्षाको विषयमा चिन्तित रहने बताइन् ।
ओबामा दम्पतीले गत वर्ष अक्टोबरमा आफ्नो ३२औं वैवाहिक वार्षिकोत्सव मनाएका थिए ।
मिशेल ओबामाले आफ्नै संस्मरण Becoming मा राष्ट्रपति ओबामाको राजनीतिक यात्रा र ह्वाइट हाउसको जीवनले उनीहरूको वैवाहिक सम्बन्धमा पारेको दबाबबारे खुलस्त रूपमा लेखेकी छन् ।