अमेरिकाद्वारा ५ बिलियन डलर खर्च कटौती गर्ने घोषणा
प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार

अमेरिकी रक्षामन्त्रीले ५ बिलियन डलर खर्च कटौती गर्ने घोषणा गरेका छन । रक्षामन्त्री पीट हेगसेथले जलवायु र विविधतासम्बन्धी पहललगायत ‘फजुल’ खर्चमा ५ अर्ब १० करोड अमेरिकी डलर कटौती गर्ने बताएका हुन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई सरकारी दक्षता विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएका छन ।
हेगसेथले अघिल्लो प्रशासनबाट कार्यक्रमहरू जरैदेखि उखेलेर फाल्न डीओजीईको ‘व्यापक पहुँच’ हुने बताए ।
गत महिना उनले जलवायु परिवर्तन र विविधता, समानता र समावेशीकरण डीईआई क्षेत्रसँग सम्बन्धित अनुदानसहित पाँच करोड ८० लाख डलर अमेरिकी डलर खर्च अन्त्य गर्न आदेश दिएका थिए ।
हेगसेथले सार्वजनिक गरेको एक भिडियोमा मन्त्रालयले ‘डीईआई, जलवायु, कोभिड–१९ प्रतिकार्य र सम्बन्धित गैर–आवश्यक गतिविधिका लागि ११ वटा सम्झौता’ अन्त्य गर्न लागेको घोषणा गरेका थिए ।
यो कटौती प्रत्येक वर्ष दशौँ अर्बले घटाएर पाँच वर्षको अन्त्यसम्ममा लगभग ५६० अर्ब डलरमा झर्नेछ । राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि सरकारी खर्च र संरचना कटौतीको थालनी गरेका छन ।
मन्त्रालय देखि विभाग सम्म पुराना कर्मचारीहरुलाई राजीनामा दिन प्रस्ताव गरेका छन । कतिपय कर्मचारीहरुले सरकारको प्रस्तावलाई स्वीकार गरेर राजीनामा दिएका छन । कतिपयले प्रस्तावको अध्ययन गरिरहको बताएका छन ।
एलोन मस्कको नेतृत्वमा रहेको दक्षता विभागले सरकारी संरचना र खर्च कटौती गर्ने योजनाको नेतृत्व गरिहेको छ ।
यद्दपी मस्कको कार्यशैलीप्रति अमेरिकामै कर्मचारी र नागरिकहरुले विरोध गरिहेका छन । तर ट्रम्पले दक्षता विभागले राम्रो काम गरिरहेको बताएका छन ।