मस्कको सरकारी दक्षता विभागलाई वित्तीय विवरणमा पहुँच दिन अदालतको अनुमति


प्रकाशित मिति : चैत्र ३०, २०८१ शनिबार

अमेरिकाको न्यूयोर्ककी न्यायाधीशले एलन मस्कको सरकारी दक्षता विभागलाई अमेरिकी नागरिकहरूको संवेदनशील वित्तीय विवरणमा पहुँच दिन अनुमति दिएकी छन ।
न्यायाधीश जनेट ए भार्गास ले एलन मस्कको सरकारी दक्षता विभाग (डज) माथि लगाइएको प्रतिबन्धलाई आंशिक रूपमा खुकुलो बनाएकी हुन ।

अब एक डज कर्मचारीलाई अमेरिकी वित्त मन्त्रालयका संवेदनशील डाटा प्रणालीमा पहुँच दिनुपर्नेछ ।

डज का कर्मचारी रायन वुन्डरली ले यदि कर्मचारीहरूलाई दिइने तालिम पूरा गरे र आफ्नो आर्थिक विवरण बुझाए भने उनलाई भुक्तानी प्रणाली र व्यक्तिगत वित्तीय डाटा हेर्न अनुमति दिइने न्यायाधीश भार्गासले दिएको आदेशमा उल्लेख गरिएको छ ।

यो मुद्दा १९ वटा अमेरिकी राज्य का डेमोक्र्याटिक महान्यायाधिवक्ताहरूले गत महिना दायर गरेका थिए ।

उनीहरूले मस्कले गठन गरेको डज टोलीमा रहेका सदस्यहरू राजनीतिक नियुक्ति भएका आरोप लगाएका थिए ।

उनीहरूले समाज सुरक्षा नम्बर, बैंक खाता विवरण जस्ता संवेदनशील डाटामा पहुँच पाउनु गोपनीयताको उल्लंघन हो भनेर मुद्धा दर्ता गराएका थिए ।

न्यायाधीश भार्गासले यो प्रतिबन्ध दुई महिना अघि लगाएकी थिइन् । तर अहिले आवश्यक सुरक्षा उपायहरू पुरा गरेपछि डजका कर्मचारी वुन्डरलीलाई वित्तको भुक्तानी र डेटा प्रणाली मा पहुँच दिइन सकिने बताएकी हुन ।

डज एलन मस्कद्वारा स्थापित सरकारी खर्च कटौती र अकार्यक्षमता हटाउने उद्देश्य राखिएको एक सरकारी इकाई हो ।

डजले वित्त मन्त्रालयका अभिलेखहरू र अन्य सरकारी निकायहरू निरीक्षण गर्न थालेपछि आलोचकहरूले यसलाई गोपनीयता र शक्ति पृथकिकरणको उल्लंघन भनेका छन्।

तर मस्कका समर्थकहरूले डजलाई “सरकारी फजुल खर्च घटाउने साहसी कदम” भन्दै समर्थन गरेका छन् । यो निर्णयले डजलाई आंशिक सफलता दिलाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com