युक्रेनको सुमीमा रुसी आक्रमण : २१ जना मारिए, ८३ घाइते


प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार

युक्रेनको सुमी सहरको मध्य भागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी २१ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले जनाएको छ ।

“रुसी ब्यालेस्टिक क्षेप्यास्त्र सहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा प्रहार गरिएको थियो,” सेवाले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ ।

“प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म २१ जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

आइतबार भएको आक्रमणमा परी घाइते हुनेको सङ्ख्या ८३ पुगेको किएभले जनाएको छ ।

“सात बालबालिकासहित ८३ जना घाइते भएका छन्,” गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उद्धार कार्य जारी छ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com