युक्रेनमा रुसको घातक हमला, ट्रम्पलाई युक्रेनको भ्रमण गरेर धारणा बनाउन जेलेन्स्कीको आग्रह


प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार

रुसको मिसाइल आक्रमणमा युक्रेनको सुमी सहरमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । आक्रमणमा ११७ घाइते भएका छन । घटनाको पश्चिमा मुलुकहरूले भने कडा निन्दा गरेका छन ।

सुमी सहरमा रुसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको हो । मृतक भएको मध्येमा दुई बालबालिका पनि परेका छन् ।

सहरको केन्द्रमा पर्ने राज्य विश्वविद्यालय र कङ्ग्रेस केन्द्र नजिकै दुई मिसाइल विष्फोट हुँदा सडकमा रगताम्य शवहरू छरपस्ट देखिएका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उक्त आक्रमणलाई भयानक भन्दै निन्दा गरेका छन् । जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्जले यसलाई युद्ध अपराधको संज्ञा दिएका छन् ।

ट्रम्पका विशेष दूत कीथ केलोगले यो घटना ले शालीनताको कुनैपनि सीमा नाघेको बताएका छन ।

युरोपेली आयोग अध्यक्ष उर्सुला भोन डेर लायनले
रुस आक्रामक पक्ष हो, र यसले अन्तर्राष्ट्रिय कानुनको खुलेआम उल्लंघन गरिरहेको छ भनेका छन । उनले तुरुन्तै युद्धविराम गराउनु आवश्यक छ रहेकोमा जोड दिएका छन ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले सर्वसाधारण र नागरिक संरचनामाथिको आक्रमण अन्तर्राष्ट्रिय मानव अधिकार कानुन अनुसार निषेधित रहेको भन्दै यस्ता आक्रमण जुनसुकै स्थानमा भए पनि तुरुन्त रोकिनुपर्ने बताएका छन ।

उनले युक्रेनको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको पूर्ण सम्मानसहितको दीर्घकालीन शान्ति प्रक्रियाको समर्थन गर्ने बताए ।

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण रुपमा आक्रमण थालेयता हजारौं सैनिक मारिएका छन् । धेरै घाइते भएका छन । झण्डै ७० लाख युक्रेनीहरू अहिले शरणार्थीका रूपमा विस्थापित भएका छन ।

राष्ट्रपति भोलोडिमिर ज़ेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेन भ्रमण गरेर रूसी हमलाबाट भएको विनाशको प्रत्यक्ष अनुभव गर्न आग्रह गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com