टेक्सासमा घर विस्फोट हुँदा ६ जना घाइते, प्रहरीले कारण खोज्दै


प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार

अमेरिकाको टेक्सास अष्टिनमा घर विस्फोट हुँदा ६ जना घाइते भएका छन । घर ध्यस्त भएको छ । अष्टिन सहरमा भएको एक शक्तिशाली विस्फोटका कारण कम्तीमा ६ जना घाइते भएका हुन ।

विस्फोटले एक घर पूर्णरूपमा ध्वस्त बनाएको छ । अर्को घरमा गम्भीर क्षति पुगेको छ। अष्टिन फायर डिपार्टमेन्टका अनुसार विस्फोट आइतबार बिहान भएको थियो ।

दुई जना घाइते सोही घरका बासिन्दा हुन् । घाइते मध्ये एकको अवस्था नाजुक रहेको छ।

छिमेकी घरका एक व्यक्ति पनि गंभीर रूपमा घाइते भएका छन् । दुई जना दमकलकर्मी पनि घटनास्थलमा आगो निभाउने क्रममा घाइते भए ।

विस्फोटले आसपासका कम्तीमा २४ घरहरूमा क्षति पुर्याएको छ । अष्टिन फायर डिपार्टमेन्टका सहायक प्रमुख थेयर स्मिथका अनुसार विस्फोट स्थलमा रहेको एक सवारी साधनमा पनि आगो लागेको थियो ।

क्षति पुगेको क्षेत्रबाहेक अधिकांश क्षेत्रमा बिजुली सेवा पुनःस्थापना गरिएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन । तर प्रारम्भिक रूपमा यसमा आपराधिक उद्देश्य नरहेको अनुमान गरिएको छ ।

ट्राभिस काउन्टी फायर मार्शलले अनुसन्धानको नेतृत्व गरिरहेका छन् । विस्फोटको आवाज अष्टिनका उपनगरहरूसम्म सुनिएको थियो ।

अष्टिन फायर डिभिजन प्रमुख वेन पेरिसका अनुसार २० माइल टाढा रहेको सिडर पार्क सहरमा समेत उक्त आवाज सुनिएको थियो ।

विस्फोटको मुख्य कारण अझै खुलेको छैन । अनुसन्धान जारी रहेको त्यहाँको प्रहरीले बताएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com