ट्रम्प प्रशासनले अमेरिकाको सामाजिक सुरक्षा प्रणाली ध्वस्त बनाएको पूर्व राष्ट्रपति बाइडेनको आरोप
प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सामाजिक सुरक्षा प्रणाली ध्वस्त बनाएको आरोप लगाएका छन ।
अमेरिकी जनताको जीवनमा अत्यन्त महत्वपूर्ण रहेको सामाजिक सुरक्षा प्रणालीमाथि ट्रम्पको नेतृत्वले गम्भीर क्षति पुर्याएको भन्दै बाइडेनले चिन्ता व्यक्त गरे ।
८२ वर्षीय डेमोक्र्याट नेताले जनवरीमा ह्वाइट हाउस छोडेपछि पहिलो पटक शिकागोमा आयोजित सामाजिक सुरक्षा दिवस कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनले लगभग आधा घण्टा लामो सम्बोधनमा ट्रम्प नेतृत्वको आलोचना गरे ।
ट्रम्प प्रशासनले सय दिनभित्रै यति धेरै विनाश गरेको भन्दै उनले आफू चकित भएको बताए । बाइडेनले सामाजिक सुरक्षा प्रणालीमा ट्रम्पले हँसिया चलाएको आरोप लगाए ।
डेमोक्र्याट नेताहरूले पछिल्ला दिनमा सामाजिक सुरक्षाको विषयलाई प्राथमिकतामा राखेका छन् । बाइडेनको सम्बोधन पनि सामाजिक सुरक्षा प्रणालीकै रक्षामा केन्द्रित रहेको थियो ।
७० मिलियनभन्दा बढी अमेरिकीहरूलाई लाभ दिने यो सरकारी संस्था ट्रम्प प्रशासनका कारण कमजोर बनाइएको भन्दै डेमोक्र्याटहरूले चेतावनी दिइरहेका छन् ।
ट्रम्पकी प्रेस सचिव क्यारोलिन लिभिटले बाइडेनको उमेर र स्वास्थ्यमाथि टिप्पणी गर्दै व्यंग्य गरेकी छन । “म अचम्ममा परेँ कि उनी राति बोल्दैछन् । मलाई लाग्थ्यो उनी त बेलुकै सुत्ने हो,” उनले भनिन्।
लिभिटका अनुसार ट्रम्पले मंगलवार कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन । यो आदेशले अवैध प्रवासीहरूलाई सामाजिक सुरक्षा सुविधा लिन रोक्ने उद्देश्य राख्छ ।
यस अन्तर्गत ५० वटा अमेरिकी अटर्नी कार्यालयमा ठगी अनुसन्धान कार्यक्रम र १५ अटर्नी कार्यालयमा मेडिकेयर तथा मेडिकेड ठगी नियन्त्रण कार्यक्रम सुरु गरिनेछ।
बाइडेनका आरोपको जवाफमा सामाजिक सुरक्षा प्रशासन ले आफ्नो आधिकारिक अकाउन्टमा “पूर्व राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूसंग झुट बोलिरहेका बताएका छ ।
ट्रम्पले पुनः राष्ट्रपति बनेपछि संघीय कर्मचारी संख्यामा व्यापक कटौती गरेका छन् । जसमा सामाजिक सुरक्षा प्रशासनका ७ हजार कर्मचारी हटाउने योजना पनि छ।