गार्सियालाई अमेरिका फर्काउन ट्रम्प प्रशासनद्वारा अस्वीकार


प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार

ट्रम्प प्रशासनले गैरकानुनी रूपमा डिपोर्ट गरिएक व्यक्तिलाई फर्काउन अस्वीकार गरेको छ ।

ह्वाइट हाउसले गत महिना मेरिल्याण्डबाट एल साल्भाडोरको मेगा जेलमा डिपोर्ट गरिएका एक व्यक्तिलाई फर्काउने अदालतको आदेशलाई अस्वीकार गरेको हो ।

ट्रम्प प्रशासनले यस बिषयमा आफ्नो अडान अझ कडा बनाएको छ । अमेरिकी अधिकारीहरूले नै उक्त व्यक्तिको डिपोर्टेशन त्रुटिपूर्ण भएको स्वीकार गरेका थिए ।

किलमार आब्रेगो गार्सिया नाम गरेका २९ वर्षीय एल साल्भाडोरका नागरिकलाई एमएस १३ गिरोहको सदस्य भन्दै आरोप लगाएर देश निकाला गरिएको थियो । तर उनका वकिल र परिवारले त्यो आरोप अस्वीकार गरेका छन् ।

ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन लेभिटले गार्सियामाथि घरेलु हिंसाको आरोप पनि लगाएकी छन् । उनले गार्सियाकी अमेरिकी नागरिक श्रीमतीले एक पटक संरक्षण आदेश माग गरेकी बताइन ।

लेभिटले पत्रकार सम्मेलनमा यदि गार्सिया फेरि अमेरिका फर्किए भने पनि उनलाई तुरुन्तै फेरी डिपोर्ट गरिने बताइन । उनले गार्सिया अब कहिल्यै अमेरिकामा बस्न नपाउने स्पष्ट पारिन ।

उनले गार्सियालाई ‘महिलामाथि हात उठाउने’ व्यक्ति भन्दै आरोप दोहोराइन् । तर मेरिल्याण्डका संघीय न्यायाधीश पाउला जिनिसले ट्रम्प प्रशासनलाई गार्सियालाई अमेरिका फर्काउन आदेश दिएका छन् ।

उता एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भने यसै साता ह्वाइट हाउसको भ्रमणका क्रममा गार्सियालाई फिर्ता नपठाउने घोषणा गरेका थिए ।

अमेरिकी गृह सुरक्षा विभाग ले २०२१ मा गार्सियाकी श्रीमतीले दायर गरेको विवरण सार्वजनिक गरेको छ । त्यसमा गार्सियाले उनलाई हिर्काएको, नुहाउने कपडा च्यातिदिएको भनिएको थियो।

तर उनकी श्रीमती जेनिफर भास्केज सुराले त्यो आदेश सुरक्षाको लागि लिएको बताउदै पछि हामी परिवारिक रूपमा मिलेर समाधानमा गरेको भनेकी छन् ।

यो घटना राष्ट्रपति र न्यायपालिकाबीचको बढ्दो आप्रवासन सम्बन्धी विवादको पृष्ठभूमिमा आएको हो । अर्को मुद्दामा प्रशासनलाई अदालतको आदेशको अवहेलना गरेको भन्दै अवहेलनाको कारवाहीको चेतावनी दिइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com