अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि, मार्चमा ४ दशमलव १ प्रतिशत पुग्यो


प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार

अस्ट्रेलियामा बेरोजगारी दर बढेको छ । अष्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४ दशमलव १ प्रतिशत पुगेको छ । जुन फेब्रुअरीमा ४ दशमलव ० प्रतिशत थियो ।

रोजगारीमा उतारचढावलाई सहज बनाउने जनाउँदै बेरोजगारी दर लगातार पाँच महिना ४ प्रतिशत ० प्रतिशतमा रहेको एबीएसले जनाएको छ ।

पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या तीन लाख आठ अथवा (२ दशमलव २ प्रतिशत) ले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत २ दशमलव ० प्रतिशतभन्दा बढी हो ।

रोजगारमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या फेब्रुअरी र मार्चको बिचमा ३२ हजार २०० ले वृद्धि भएको एबीएसले जनाएको छ भने सोही अवधिमा बेरोजगार व्यक्तिहरूको सङ्ख्या तीन हजारले बढेको छ ।

एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकले रोजगार–जनसङ्ख्या अनुपात (काम गर्ने उमेरको जनसङ्ख्या) मार्चमा ६४ दशमलव १ प्रतिशत रहेको बताएका छन् ।

रोजगारीमा वृद्धिको बावजुद, क्रिकले अष्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ० दशमलव ३ प्रतिशतले घटेको बताउदै यसको कारण चक्रवात लगायत प्रमुख मौसमी घटनाहरू भएको बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com