कुखुराको लडाइँ भइरहेको इक्वेडरमा १२ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ६, २०८२ शनिबार

इक्वेडरमा कुखुरा लडाइँ भइरहेको स्थानमा गोली चल्दा १२ जनाको मृत्यु भएको छ । घटनामा सम्लग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरिएको छ ।

इक्वेडर प्रहरीका अनुसार कुखुरा लडाइँ स्थलमा बन्दुकधारीद्वारा आक्रमण भएको हो । आक्रमणसँग सम्बन्धित चार जनालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले बताएको छ।

यो घटना उत्तर पश्चिमी मनाबी प्रान्तको ग्रामीण बस्ती ला भालेन्सियामा भएको हो । शुक्रबार प्रहरीले सो क्षेत्रमा छापा मार्दा हतियारहरू र नक्कली प्रहरी तथा सैनिक पोशाकहरू बरामद गरेको बताइएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडिओहरूले भयावह आक्रमणलाई देखाएका छन् । बन्दुकधारीहरू कुखुरा लडाइँ स्थलमा पसेर अन्धाधुन्ध गोली चलाएको र दर्शकहरू डरले लुक्ने प्रयास गरेको भिडियोमा देख्न सकिन्छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार नक्कली सैन्य पोशाकमा देखिएका ती आक्रमणकारीहरू एक आपराधिक गिरोहका सदस्य थिए । उनीहरु कुखुरा लडाइँ हेर्न आएका थिए । प्रान्तीय अधिकारीहरूले आपराधिक घटनाको अनुसन्धान सुरु गरेका छन्।

इक्वेडरमा हाल करिब २० आपराधिक गिरोहहरू सक्रिय रहेको अनुमान गरिएको छ । लागूपदार्थ ओसारपसारका मुख्य मार्गहरूमा नियन्त्रण जमाउन ति विद्रोहीहरुले संघर्ष गरिरहेका छन् ।

राष्ट्रपति डानिएल नोबोआले बताएअनुसार अहिले संसारको करिब ७०प्रतिशत कोकिन इक्वेडरका बन्दरगाहमार्फत अमेरिका र युरोपतर्फ पठाइन्छ ।

इक्वेडरमा छिमेकी देशहरू कोलम्बिया र पेरुबाट कोकिन तस्करी गरिन्छ । उनीहरु विश्वका सबैभन्दा ठूला कोकिन उत्पादक देशहरू हुन् ।

यस वर्षको जनवरी महिनामा मात्रै ७८१ हत्या भएका छन । तीमध्ये धेरै हत्या लागूपदार्थ व्यापारसँग सम्बन्धित रहेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com