अमेरिकाको ओकल्याण्डको मेयरमा ली विजयी
प्रकाशित मिति : बैशाख ६, २०८२ शनिबार

अमेरिकाको ओकल्याण्डको नयाँ मेयरमा बारबरा ली विजयी बनेकी छन ।
अमेरिकाको प्रगतिशील राजनीतिज्ञ तथा पूर्व प्रतिनिधि सभा सदस्य बारबरा लीले शनिबार ओकल्याण्डको मेयरको रूपमा आफ्नो विजयी घोषणा गरेकी हुन ।
सान फ्रान्सिस्को बे क्षेत्रको यो सहर हाल बेरोजगारी, अपराध र होमलेसनेस अर्थात घरविहीनताका गम्भीर समस्याबाट गुज्रिरहेको छ ।
७८ वर्षीया बारबरा लीले शनिबार मेयर निर्वाचित भएको घोषणा गर्दै मुख्य प्रतिद्वन्द्वी लोरेन टेलरले फोन गरेर अप्रिल १५ मा सम्पन्न निर्वाचनमा हार स्वीकार गरेका बताएकी हुन ।
लोकतान्त्रिक निर्वाचन प्रक्रिया र मतगणनाको सम्मान गरेको भन्दै उनले ओकल्याण्डका जनताले नयाँ मेयरका रूपमा रोजेकोमा धन्यवाद दिइन ।
बराबरीको नाम र पहिचान भए पनि निर्वाचन निकै प्रतिस्पर्धात्मक भएको देखिएको छ ।
उनका प्रतिद्वन्द्वी ४७ वर्षीय लोरेन टेलर ओकल्याण्ड सिटी काउन्सिलका पूर्व सदस्य हुन । उनले प्रहरी बल बढाउने, अपराध घटाउने र सहरको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने प्रतिबद्धता जनाएका थिए ।
बारबरा ली अग्रणी अफ्रिकन अमेरिकी महिला नेतृ हुन् । उनले दुई दशकभन्दा बढी समयसम्म ओकल्याण्ड क्षेत्रको प्रतिनिधित्व अमेरिकी कंग्रेसमा गरेकी थिइन ।
उनले गत वर्षको अमेरिकी सिनेटको निर्वाचनमा हारेपछि कंग्रेसबाट अवकाश लिएकी थिइन् ।
लीलाई पूर्व क्यालिफोर्निया गभर्नर जेरी ब्राउन र ओकल्याण्डका अन्य पूर्व मेयरहरूको समर्थन प्राप्त थियो । उनीहरूले लीलाई एक अनुभवी र एकता ल्याउने नेतृको रूपमा समर्थन गरेका थिए ।
करीब ४ लाख जनसंख्या रहेको ओकल्याण्ड एक प्रगतिशील र बहुसांस्कृतिक सहर हो । ब्ल्याक प्यान्थर पार्टीको जन्मस्थलको रूपमा यसले पहिचान पाएको छ ।
पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि यसलाई आफ्नो जन्मथलो मानेकी छिन् ।
तर सहर अहिले घरविहीनको टेन्ट, खुल्ला लागूपदार्थ सेवन, अवैध सडक प्रदर्शन, गोलीकाण्ड र लुटपाटको समस्याबाट जुधिरहेको छ । यी समस्याका कारण बर्गरले आफ्नो पहिलो साखा सधैंका लागि बन्द गर्नुपरेको थियो ।
क्यालिफोर्निया गभर्नर गेभिन न्यूसमले ओकल्याण्डमा अपराध नियन्त्रणका लागि क्यालिफोर्निया हाईवे पेट्रोलको सहयोग पठाएका छन् । सहरसँग सार्वजनिक सेवा चलाउन पर्याप्त बजेट पनि छैन ।