ट्रम्पले केन्द्रीय बैंकका अध्यक्ष पावेललाई किन हटाउन खोजेका छन ?
प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ (केन्द्रीय बैंक) का अध्यक्ष जेरोम पावेललाई हटाउने कुनै मनसाय रहेको बताएका छन । तर उनले बारम्बार पावेलको आलोचना भने गरिरहेका छन ।
मंगलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पावेललाई ब्याजदर घटाउने विषयमा अझ सक्रिय हुन आग्रह गर्दछु भनेका थिए ।
गत साता ट्रम्पले पावेललाई “ठूलो तर हारेको व्यक्ति” को संज्ञा दिएका थिए । उनकै कारण बजारमा तीव्र गिरावट आएको आराय लगाएका छन ।
स्टक, बाँडपत्र र डलर सबै घटेका छन । यद्यपि पछिल्ला दिनहरूमा भने बजार केही सुधार भएको देखिएको छ ।
केन्द्रीय बैंक फेडरल रिजर्भले यस वर्ष अहिलेसम्म ब्याजदर घटाएको छैन । गत वर्षको अन्त्यमा भने केन्द्रीय बैंकले एक प्रतिशतले दर घटाइएको थियो ।
राष्ट्रिय आर्थिक परिषदका निर्देशक केभिन हासेटले ट्रम्प पावेललाई हटाउन सम्भव छ कि भनेर अध्ययन गरिरहेका बताएका छन् ।
ट्रम्पले चीनसँगको व्यापार सम्बन्धमा आशावादी भएको बताएका छन् । चीनप्रति निकै संयमीत व्यवहार गर्ने ट्रम्पले बताएका छन । सम्झौता भएमा भन्सार शुल्क घट्नेछ, तर पूरै शून्य हुने छैन भनेका छन ।
यसअघि अमेरिकी वित्त मन्त्री स्कट बेस्सेन्टले चीनसँगको व्यापार युद्ध अब दीर्घकालीन रूपमा कायम रहन सक्दैन भन्दै यसको तनाव कम हुने आशा व्यक्त गरेका थिए । मंगलबार अमेरिकी स्टक बजार पनि उकालो लागेको थियो ।
लगानीकर्ताहरूको चिन्ता छ कि ट्रम्पको पावेलमाथिको दबाबले ब्याजदर अनावश्यक रूपमा घटाइए महँगी बढ्ने जोखिम छ ।
अमेरिका र चीनबीचको व्यापार तनाव र अन्य देशहरूमाथिको अमेरिकी भन्सार नीतिका कारण विश्वव्यापी आर्थिक अनिश्चितता बढेको छ । पछिल्ला हप्ता आर्थिक बजारमा देखिएको उथलपुथल यही कारणले भएको हो।
अन्तर्राष्ट्रिय मुद्रा कोष ले ट्यारिफ बाट उत्पन्न अनिश्चितताका कारण अमेरिका लगायत विकसित राष्ट्रहरूमा आर्थिक वृद्धिको पूर्वानुमान घटाएको छ ।
आईएमएफका अनुसार “ट्यारिफमा आएको तीव्र वृद्धि र अनिश्चितताका कारण विश्वव्यापी वृद्धि दरमा ठूलो गिरावट आउनसक्छ ।