अमेरिकामा जन्मदर बढ्यो, समाजशास्त्री भन्छन् : उत्साहित हुन आवश्यक छैन


प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार

अमेरिकामा जन्मदर बढेको छ । अमेरिकामा २०२४ मा जन्मदरमा सानो बृद्धि भएको देखिएको हो ।

केंद्रिय रोग नियन्त्रण र रोकथाम केन्द्र सीडीसीको प्रारम्भिक तथ्याङ्क अनुसार २०२४ मा लगभग ३.६ मिलियन बच्चाको जन्म भएको छ । जुन २०२३ को तुलनामा १ प्रतिशतले बढी हो ।

यो बृद्धि मुख्यतः हिस्पानिक र एशियाली महिलाहरूमा देखिएको छ । हिस्पानिक महिलाहरूमा जन्मदर ४ प्रतिशत र एशियाली महिलाहरूमा ५ प्रतिशत ले वृद्धि भएको छ ।

अश्वेत, अमेरिकी आदिवासी र अलास्का आदिवासी महिलाहरूमा जन्मदर घटेको देखिएको छ ।

किशोरी र युवा महिलाहरूमा जन्मदर ऐतिहासिक न्यूनतामा पुगेको छ । जबकि ४०-४४ वर्ष उमेर समूहमा जन्मदरमा वृद्धि भने जारी रहेको छ ।

विशेषज्ञहरूले यो सानो बृद्धि दीर्घकालीन घट्दो जन्मदरको प्रवृत्तिमा कुनै ठूलो परिवर्तनको संकेत गर्दैनन ।

पेनसिल्भेनिया विश्वविद्यालयका समाजशास्त्री हान्स पेटर कोहलरका अनुसार यो बृद्धि केवल एक अस्थायी उतारचढाव हो र दीर्घकालीन घट्दो जन्मदरको प्रवृत्तिमा कुनै परिवर्तनको संकेत गर्र्ने देखिदैन ।

अमेरिकामा आर्थिक अनिश्चितता, आवास र बालबालिका हेरचाहको उच्च लागत, र बच्चा जन्माउने महत्त्वको सामाजिक दृष्टिकोणमा परिवर्तनहरूले जन्मदरमा गिरावट ल्याएको छ ।

विशेषज्ञहरूका अनुसार यी संरचनात्मक चुनौतीहरूलाई सम्बोधन नगरी जन्मदरमा दीर्घकालीन वृद्धि सम्भव छैन ।

अमेरिकामा बालबालिका हेरचाहको संकट जारी छ । श्रमिकको अभाव, उच्च लागत र लामो प्रतीक्षा सूचीहरू मुख्य कारण रहेका छन ।

ट्रम्प प्रशासनले बच्चा जन्मदर बढाउनका लागि प्रोत्साहनहरूको प्रस्ताव गरेको छ । प्रस्तावमा ५ हजार डलर नगद भुक्तानी र महिनावारी स्वास्थ्य शिक्षा समावेश छन् ।

तर विशेषज्ञहरूले यस्ता प्रयासहरूले दीर्घकालीन जन्मदरमा ठूलो परिवर्तन ल्याउने सम्भावना कम रहेको बताएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com