अमेरिकाको क्यालिफोर्निया राज्यको अर्थतन्त्रले जापानलाई उछिन्यो


प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार

अमेरिकाको क्यालिफोर्निया राज्यको अर्थतन्त्रले जापानलाई उछिन्दै विश्वको चौथो ठूलो आर्थिक शक्ति बनेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अमेरिकी आर्थिक विश्लेषण ब्युरो (बिईए) को नयाँ तथ्यांकअनुसार २०२४ मा क्यालिफोर्नियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४.१० ट्रिलियन डलर (लगभग ३.०८ ट्रिलियन पाउण्ड) पुगेको छ । जबकि जापानको (जीडीपी) ४.०१ ट्रिलियन डलर रहेको छ।

अब क्यालिफोर्नियाले जर्मनी, चीन, र सम्पूर्ण अमेरिका बाहेक सबैलाई पछाडि पारिसकेको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम ले क्यालिफोर्निया केवल विश्वसँग सँगसँगै हिँडिरहेको छैन, हामी नै गति निर्धारण गरिरहेका छौं भनेका छन ।

नयाँ तथ्यांक सार्वजनिक भइरहँदा गभर्नर न्युसमले राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिहरूविरुद्ध आक्रोश व्यक्त गरेका छन् । उनले संघीय सरकारको नीति राज्यको आर्थिक प्रगतिमा खतरा बन्न सक्ने चेतावनी दिएका छन् ।

क्यालिफोर्निया अमेरिका भित्र सबैभन्दा ठूलो उद्योग तथा कृषि उत्पादन गर्ने राज्य हो । यो राज्य विश्वकै प्रविधि विकासको केन्द्र, मनोरञ्जन उद्योगको मुख्य गढ र देशकै दुई ठूला बन्दरगाह रहेको क्षेत्र हो ।

२०२८ मा सम्भावित राष्ट्रपतिको उम्मेदवार मानिएका डेमोक्र्याट नेतृ न्युसम ले ट्रम्पको ट्यारिफ लगाउने अधिकारविरुद्ध मुद्दा दायर गरेकी छन् ।

उनले सफलताको उत्सव मनाउँदैछौं, तर वर्तमान संघीय प्रशासनको लापरवाहीपूर्ण कर नीति हाम्रो प्रगतिमा बाधा बन्न सक्ने खतरा छ भनेकी छन ।

क्यालिफोर्नियाको अर्थतन्त्रले राष्ट्रलाई शक्ति दिन्छ, त्यसलाई जोगाउनु आवश्यक छ उनको स्पष्ट भनाइ रहेको छ । राष्ट्रपति ट्रम्पले अमेरिकामा आयात हुने लगभग सबै वस्तुहरूमा १० प्रतिशत कर लगाएका छन् ।

मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत कर लगाइएको छ ।

चीनसँगको व्यापारमा भने पूर्ण व्यापार युद्धको अवस्था आएको छ । ट्रम्पका अनुसार, यी कदमहरूले अमेरिकी उद्योग र रोजगारीलाई देशमै फर्काउने उद्देश्य राखेको छ ।

यो कर नीति र ब्याजदर घटाउने अभियान उनको आर्थिक एजेन्डाको मुख्य आधार हो भनेर दावी गर्ने गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com