अमेरिकी दवाव बढिरहँदा ग्रीनल्याण्डका प्रधानमन्त्री डेनमार्क पुगे
प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्रमाथि नजर लगाएका बेला ग्रीनल्याण्डका नवनिर्वाचित प्रधानमन्त्रीले डेनमार्कको भ्रमण सुरु गरेका छन ।
डेमोक्र्याट पार्टीले मार्चमा विधायी चुनाव जितेपछि ग्रीनल्याण्डको नयाँ गठबन्धन सरकारको नेतृत्व गरिरहेका जेन्स–फ्रेडरिक निल्सनको यो पहिलो डेनमार्क भ्रमण हो ।
डेनिस प्रधानमन्त्री मेट फ्रेडरिकसनले अप्रिलको सुरुमा आर्कटिक क्षेत्रको भ्रमणका क्रममा अमेरिकी प्रशासनलाई लक्षित गर्दै ‘अर्को देशलाई गाभ्ने निर्णय गर्न सक्नुहुन्न’ भनेकी थिइन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्कटिक टापुलाई आफ्नो नियन्त्रणमा लिन चाहेको बताएपछि अमेरिका र डेनमार्कबीच तनाव बढेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाको कारण देखाउँदै वासिङ्टनको नियन्त्रणमा ग्रीनल्याण्ड हुनु आवश्यक रहेको बताउदै आएका छन ।
ट्रम्पले नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरसँग अन्तर्राष्ट्रिय शान्तिको लागि ग्रीनल्याण्ड आवश्यक रहेको बताएका थिए । यदि हामीसँग ग्रीनल्याण्ड भएन भने यो विश्वको लागि ठूलो खतरा हो उनले भनेका छन ।
ग्रीनल्याण्डका प्रधानमन्त्री फ्रेडरिक्सनले ग्रिनल्याण्ड र साउदी अरेबिया अहिले जुन कठिन विदेश नीतिको अवस्थामा छन्, त्यसमा हामीले एकअर्कालाई सहयोग गर्नैपर्छ ।”
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि मार्चमा ग्रीनल्याण्डको भ्रमण गरेका थिए ।
यसलाई नुक र कोपनहेगन दुवैले उक्साहटको रूपमा हेरेका थिए ।
अमेरिकी सैन्य अड्डा पिटुफिकको भ्रमणका क्रममा भान्सले डेनमार्कले ‘ग्रीनल्याण्डका मानिसहरूसँग राम्रो काम नगरेको’ भन्दै आलोचना गरेका थिए ।
ग्रीनल्याण्डको ५७ हजार जनसङ्ख्यामध्ये अधिकांश डेनमार्कबाट स्वतन्त्र हुन चाहन्छन् । तर अमेरिकाको हिस्सा बन्न भने उनीहरुले चाहँदैनन् । यो विश्वको सबैभन्दा ठूलो टापु हो । यसरको रणनैतिक महत्व रहेको छ ।