अमेरिका र चीनसँग सन्तुलनको सम्बन्ध बनाउदै भियतनाम


प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार

a statue of a man in front of a building

भियतनामले युद्ध अन्त्यको ५० औं वार्षिकोत्सव मनाउँदै छ । उसले नयाँ भविष्यतर्फ अघि बढ्ने प्रयत्न गरिरहेको छ ।

भियतनामा अमेरिकी फौज पराजित हुँदै फिर्ता गएको थियो । अहिले कम्युनिस्ट शासकहरूले त्यहाँ पूँजीवाद अँगालेका छन् ।

उनीहरूले चीनको बाटो पछ्याउने सपना देखेका छन् । उनीहरु भियतनामलाई वैकल्पिक उत्पादन केन्द्र बनाउन प्रयासरत छन्।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण त्यो सपना जोखिमपूर्ण देखिएको छ । उनले भियतनाममाथि ४६ प्रतिशत सम्मको भन्सार कर लगाउने चेतावनी दिएका छन् ।

कर लगाइएमा भियतनामको आर्थिक सम्भावनामा ठुलो धक्का पुर्याउन सक्ने संभावना रहेको छ । सरकारी सतर्कताबीच पनि युवाहरू अमेरिका प्रति रुष्ट नभएको बताउँछन्।

भियतनामको नेतृत्व अहिले सुधारमुखी देखिन्छ । नयाँ कम्युनिस्ट पार्टी प्रमुख टो लामले विशाल प्रशासनिक कटौती सुरु गरेका छन् ।

६३ प्रान्तलाई ३४ मा झार्ने, मन्त्रालय संख्या ३० बाट १७ मा सीमित गर्ने, र १ लाख सरकारी कर्मचारी हटाउने योजना उनले अघि सारेका हुन ।

भियतनामले आफ्नो ढोका लगानीकर्ताहरूका लागि खुला राखेको छ । लामो समयदेखि भियतनामले चीन र अमेरिकाबीच सन्तुलन कायम राख्ने रणनीति अपनाउँदै आएको छ।

सीमित भूगोल र चीनको आर्थिक तथा सैन्य विस्तारका कारण भियतनामका लागि यो सन्तुलन सजिलो छैन।

अमेरिकासँग मिलेर अगाडी बढ्नु पर्ने त्यहाँका अधिकांशको धारणा रहेको छ ।

अमेरिकी सेनालाई लखेट्यौ तर हाम्रो आर्थिक अबस्थामा त केहि सुधार आएन पूर्व लडाकु्हरुको भनाई छ । गोलीका छर्रा अझै शरिरमा रहेको बताउने लडाकुहरुले अव युद्ध नचाहेको बताउदै आएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com