ट्रम्पका भन्सार नीतिहरूलाई रोक्न गरिएको प्रयास सिनेटद्वारा अस्वीकृत
प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार

सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका भन्सार नीतिहरूलाई रोक्न गरिएको पछिल्लो द्विदलीय प्रयासलाई अस्वीकृत गरेको छ । अमेरिकी वाणिज्य मन्त्रालयले तीन वर्षपछि पहिलोपटक राष्ट्रको अर्थतन्त्र संकुचित भएको रिपोर्ट सार्वजनिक गरेको दिन यो निर्णय आएको हो ।
सिनेटका बहुमत नेता जोन थुनले प्रस्तावलाई स्थायी रूपमा समाप्त गर्न उपराष्ट्रपति जेडी भान्सलाई बोलाएर निर्णायक मत खसाल्न आग्रह गरेका थिए । यो मतदानपछि प्रस्तावको पुनर्विचार गर्ने सम्भावनालाई पनि अन्त्य गरिदिएको छ ।
यो प्रस्ताव राष्ट्रपति ट्रम्पले विश्वव्यापी व्यापार साझेदारहरूमा लगाएका १० प्रतिशत आयात कर र युरोपेली संघसहित ५७ राष्ट्रमाथिको उच्च भन्सार महसुलको आधार बनेको राष्ट्रिय आपतकाल समाप्त गर्न प्रस्तुत गरिएको थियो ।
प्रस्ताव को पक्ष र विपक्षमा ४९–४९ को बराबरी मत परेको थियो । केवल तीनजना रिपब्लिकन सांसदहरूले डेमोक्र्याटहरूलाई साथ दिएका थिए ।
केही हप्ता अघि चारजना रिपब्लिकनहरूले क्यानडामाथिको नयाँ भन्सार शुल्क हटाउन पारित गरिएका यस्तै प्रस्तावमा डेमोक्र्याटहरूलाई समर्थन गरेका थिए । हाल रिपब्लिकनहरूसँग सिनेटमा ५३ र ४७ को बहुमत छ ।
तर बुधबार दुई सम्भावित समर्थक अनुपस्थित रहेपछि यो प्रस्ताव भविष्यमा सफल हुन सक्ने आकलन गरिएको छ ।
त्यसपछि थुनले तत्काल दोस्रो मतदान गराएर प्रस्तावलाई टेबल गराएका थिए । जहाँ ५०–४९ को मतमा पारित भयो । उपराष्ट्रपति भान्सले निर्णायक मत दिएका थिए ।
सिनेट डेमोक्र्याट नेता चक शुमरले नेता थुन र सिनेट रिपब्लिकनहरूले ट्रम्पको भन्सार कर कायम राख्न मत दिएका बताए । अब उनीहरू ट्रम्पको महँगो कर र अमेरिकाका मध्यमवर्गीय परिवारमाथिको भारका मालिक हुनेछन उनले भनेका छन ।
वाणिज्य मन्त्रालयले अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासिकमा वार्षिक ०.३५ को दरले संकुचित भएको जानकारी दिएको थियो । व्यापार शुल्क बढ्नु अघि व्यवसायहरूले सामान आयात गर्न हतार गरेपछि अर्थतन्त्रमा दबाव परेको बताइएको छ।
यो सन् २०२२ को पहिलो त्रैमासिकपछिको पहिलो गिरावट हो हो । ट्रम्पका भन्सार नीतिले अर्थतन्त्रमा पारेको प्रत्यक्ष प्रभावको पहिलो प्रमाण मानिएको छ ।
विगत केही सातादेखि शेयर बजार र बन्ड बजारमा व्यापक अस्थिरता देखिएको छ । अर्थशास्त्रीहरूले मूल्यवृद्धि र मन्दीको चेतावनी दिएका थिए ।
प्रस्ताव डेमोक्र्याट सिनेटर रोन वाइडेनले प्रस्तुत गरेका थिए । रिपब्लिकन सिनेटर र्यान्ड पाउल ९केन्टकी० सह प्रस्तावक थिए। उनी ट्रम्पको भन्सार नीतिका प्रखर आलोचक हुन्।
प्रस्तावलाई रिपब्लिकन सिनेटर सुसन कोलिन्स र लिसा मर्कोव्स्कीले समर्थन गरे । यस्तै, यसअघि यस्तै प्रस्तावमा मत दिएका रिपब्लिकन सिनेटर मिच म्याककोनेल र डेमोक्र्याट सिनेटर शेल्डन ह्वाइटहाउस बुधवार अनुपस्थित रहेका थिए ।
ह्वाइट हाउसले यदि यो प्रस्ताव पारित भयो भने, यसले राष्ट्रिय र आर्थिक सुरक्षालाई कमजोर बनाउनेछ छ । त्यस कारण राष्ट्रपति ट्रम्पले यसमा भिटो प्रयोग गर्नेछन् भनेर ह्वाइट हाउसले चेतावनी दिएको थियो ।