पहिलो पटक खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीश


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

लामो समयदेखि कुल २३८ जिल्ला न्यायाधीशमध्ये रिक्त ३८ वटा दरबन्दीमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट समेत पदपूर्ति गर्न लागिएको न्याय परिषद्ले जनाएको छ।

न्यायाधीशको पदपूर्तिपछि जिल्ला अदालतमा रहेका ३० हजारभन्दा बढी मुद्दाको छिनोफानो तीव्र रुपमा गर्न सकिने सर्वोच्च अदालतले जनाएको छ।

वर्तमान संविधानमा गरिएको व्यवस्थाअनुसार जिल्ला अदालतमा पहिलोपटक खुला प्रतिस्पर्धावाट न्यायाधीश नियुक्त गर्न लागिएको न्याय परिषद्का एकजना अधिकारीले बताएको बिबिसीले जनाएको छ ।

न्याय सेवा आयोगले माघ महिनाको १३ गतेदेखि १६ गतेसम्मका लागि जिल्ला न्यायाधीश नियुक्तिका निम्ति परीक्षा कार्यक्रम सार्वजनिक गरिसकेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com