भाले घडियाल नारायणीमा


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

बबई नदीबाट शनिवार एउटा भाले घडियाल ल्याएर चितवन राष्ट्रिय निकुञ्ज नजिकैको नदीमा छाडिएको छ।

चितवन राष्ट्रिय निकुञ्जका नारायणी र राप्ती नदी गत वर्षदेखि भाले घडियाल विहीन हुन पुगेका थिए।त्यहाँको प्राकृतिक बासस्थानमा नभएपछि भाले घडियाल ल्याएर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र कंडेलले बताएका छन्।

उनले भएको पनि एउटा भाले गोही मरेकोले र अहिले प्रजनन गर्ने समय भएकोले पनि हामीले बबईबाट ल्याएर छाडेको उक्त गोही नारायणी नदी र राप्ती नदीको दोभानभन्दा केही तल खोरिया मुहान क्षेत्रमा छाडिएको बताएका छन् ।

बाघ र गैंडाभन्दा अति संकटापन्न अवस्थामा रहेको घडियालको भाले नहुँदा गोही नै लोप हुने हो कि भन्ने संरक्षणवादीहरुमा चिन्ता छ।

प्राकृतिक बासस्थानमा घडियालको भाले नभएपछि भारतबाट ल्याउन अध्ययन भइरहेको वार्डेन कंडेलले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com