संविधान कार्यान्वयनबारे राष्ट्रसंघ महासचिवको चासो 


प्रकाशित मिति : आश्विन ८, २०७३ शनिबार

संयुक्त राष्ट्रसंघको ७१औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रसंघ महासचिव वान कि मुनसँगको भेटमा महासचिव मुनले नेपालको संविधानको कार्यान्वयनबारे चासो राखेका छन्।

परराष्ट्रमन्त्री महत र महसचिव मुनबीचको भेटमा नेपालको संविधान कार्यन्वयनको विषयमा छलफल भएको बताइएको छ। मन्त्री महतले नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको जानकारी महासचिव मुनलाई गराउँदै अबको मुख्य कार्यभार विभिन्न तहको निर्वाचन सम्पन्न गर्नु रहेको बताएका थिए।

महासचिव मुनले नेपालमा संविधानसभाबाट संविधान निर्माण भएकोमा खुसी व्यक्त गर्दै कार्यान्वयनको सफलताको शुभकामना दिएका थिए। उनले यो चरणमा सम्बन्धित पक्षको सहमति हुने आशा पनि व्यक्त गरेका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com