दुई कोरियाली अधिकारीमाथि अमेरिकाको प्रतिबन्ध


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

अमेरिकाले दुई उत्तर कोरियाली अधिकारीहरुले आणविक क्षेप्यास्त्र निर्माणको नेतृत्व गरेको भन्दै उनीहरुमाथि प्रतिबन्धहरु लगाएको छ।

यी दुवै अधिकारीहरुको नाम गत साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियामाथि प्रतिबन्धहरु लगाउन प्रस्तुत गरेको प्रस्तावमा सूचिकृत थियो।

संयुक्त राष्ट्रसंघले शुक्रबार १६ जना उत्तर कोरियालीमाथि प्रतिबन्धहरु लगाएको थियो।

यी दुवै अधिकारीहरु उत्तर कोरियाका नेता किम जङ-अनसँगै क्षेप्यास्त्र परीक्षण गर्दाको समयमा खिचिएका तस्वीरमा देखिन्छन्।

प्रतिक्रिया

तरल भन्दा ठोस इन्धनबाट चल्ने क्षेप्यास्त्र बनाउन किम जंग-सिकले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।

रि प्योङ-चोलले भने अन्तरदेशीय हतियारहरु निर्माण गर्ने प्रयासको नेतृत्व गरेको ठानिन्छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले शुक्रबार उत्तर कोरियाले गरेको ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणको प्रतिक्रिया स्वरुप उसमाथि नयाँ प्रतिबन्धहरु लगाएको थियो।

कोरिया

आह्वान

नयँ प्रतिबन्धहरुले यी दुई अधिकारीहरुले अमेरिकामा कुनै रकम कारोबार गरेको भए त्यसलाई रोक्का गर्नेछ।

त्यसबाहेक उनीहरुको अमेरिकामा केही सम्पत्ती छ भने पनि त्यसलाई अचल बनाइदिनेछ।

उत्तर कोरियासँग थप तनावहरु नबढाउन रुसले अमेरिकालाई सचेत गराएको छ र उसँग वार्ता थाल्न पनि आह्वान गरेको छ।

हालैका महिनाहरुमा उत्तर कोरियाले एकदमै महत्वाकांक्षी किसिमका क्षेप्यास्त्रहरु परीक्षण गरेको छ।

उसले अब आफ्ना क्षेप्यास्त्रहरु अमेरिका भर पुग्न सक्ने पनि बताएको छ।

रोयटर्स समाचार संस्थाका अनुसार रुसमा पढेका प्योङ-चोल हवाई सेनाका पूर्व जर्नेल हुन् भने जङ-शिक लामो अनुभव भएका रकेट वैज्ञानिक हुन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com