दक्षिण सुडानमा दुई समुदायबीच झडप हुँदा २० को मृत्यु, १८ घाइते


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

दक्षिण सुडानको जोङले राज्यमा दुई समुदायबीच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

झडपमा परि १८ जना घाइते भएका छन् । एक गाउँको नामाकरण गर्ने विषयमा विवाद हुँदा यति ठूलो मानवीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । जोङले राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले एउटा ठाँउको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको मृत्यु भएको बताएका छन् । पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने अडान राखेको छ भने अर्को समूहले त्यसको नाम परिवर्तन गरेर एन्युट राख्नुपर्ने माग गरेको छ । जोङले राज्यमा लामो समयदेखि जातीय दङ्गा हुँदै आइरहेकाले धेरै हिंसात्मक घटनाहरू भएका छन् । गत महिना भएको जातीय हिंसामा परी ५० जनाको मृत्यु भएको थियो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com