काबुलमा अर्को विस्फोट, कम्तीमा चारको मृत्यु


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

काबुलमा एउटा शिया सांस्कृतिक र धार्मिक संस्थालाई निशाना बनाउँदै गराइएको विस्फोटनमा कम्तीमा चार जनाको मृत्यु भएको छ।

बिहीवार बिहान भएको विस्फोटनमा अन्य ६ जना घाइते भएका छन्।

विद्यार्थीहरुको भीड जम्मा भएको समयमा उक्त विस्फोट भएको एक जना अफगानी अधिकारीले बीबीसीलाई बताएका छन्।

उनले आत्मघाती हमलाकारीले सो आक्रमण गराएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

जिम्मेवारी

अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैनन्।

तर हालैका महिनाहरुमा इस्लामिक स्टेट संगठनले काबुल र अन्य स्थानका शिया मस्जिद र केन्द्रहरुमा आक्रमण बढाएको छ।

अफगान राजधानीमा बिहीवार अर्को पनि विस्फोटनको घटना भएको बताइएको छ।

गएको अक्टोबरमा एउटा मस्जिदमा भएको हमलामा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com