शीतलहरका कारण पाँच दिनका लागि विद्यालय बन्द


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले सो निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिनुभयो ।

शीतलहरका कारण अत्यधिक जाडो बढेपछि बालबालिकालाई पठनपाठनमा कठिनाइ भएकाले यही पुस १७ देखि २१ गतेसम्म पाँच दिनका लागि विद्यार्थीलाई बिदा दिई विद्यालय बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com