मलेसियन प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु
प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार
लागू औषध तस्करको आरोपमा मलेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन ।
लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् ।
उनका अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले बताएको छ । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो ।
उनी त्यहाँ आएलगत्तै पक्राउ गरिएको र उनको साथबाट ५२ ग्राम लागू औषध बरामद भएको छ । होटलमा उनको कोठा सर्च गर्दा ३.४ किलो मेथ भेटिएको प्रहरीले जनाएको छ ।
सोधपुछका क्रममा उनले अरु साथी रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको मलेसिया प्रहरीले बताएको छ । अनलाइनखबर