नेतृत्व हस्तान्तरण होइन,संसदीय दलको नेतामा आफ्नै लड्ने मुडमा देउवा


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

दुई दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकमा आलोचनाको केन्द्रमा परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘तपाईहरु जबरजस्ती घचेट्नुहुन्छ भने हामी पनि अड्नुपर्ला नि! ‘

कांग्रेस बैठकको सुरुदेखि अन्तिमसम्म देउवा र पार्टी नेतृत्वको आलोचना भएको थियो । नेतृत्व हस्तान्तरणको बहस चलाउने गगन थापा, प्रदीप पौडेलहरु मात्र होइन, अन्य नेताहरुले पनि नेतृत्वको आलोचना गरे ।

प्रदीपले अहिलेको नेतृत्वमाथि विश्वास नै नभएको बताए भने गगनले ‘विश्राम लिएको घोषणा गर्नुस् र यसको प्रारम्भ संसदीय दलबाट गर्नुस्’ भने ।

तर, देउवा मात्र होइन, रामचन्द्र पौडेल पनि नेतृत्व नछाड्ने पक्षमा उभिएका छन् । वरिष्ठ नेता पौडेलले ‘मलाई छोड् भन्ने ? म छोडेर कहाँ जाने ? मेरो नशा-नशामा कांग्रेस छ’ भनेको एक केन्द्रीय सदस्यले बताए ।

पार्टी सभापति देउवाले भने ‘सुझाव राख्न पाइन्छ, मान्नुपर्छ भन्ने छैन’ भन्ने टर्रो जवाफ दिएका छन् । उनले यदि आफूहरुलाई जबरजस्ती घचेट्दै जाने हो भने हामीले पनि अड्नुपर्ला नि भनेको एक नेताले बताए ।

कांग्रेस नेताहरुका अनुसार देउवा नेतृत्व हस्तान्तरण होइन, अझ आफूमा केन्दि्रत गर्न चाहन्छन् । उनी संसदीय दलको नेतामा आफ्नै लड्ने मुडमा छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com