मिर्गाैलापीडित पत्रकार मायालाई सहयोग हस्तान्तरण


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामासंकलितरु एक लाख २१ हजार २३० मिर्गाैलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ ।

झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गाैला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् ।

रकम हस्तान्तरण गर्दै एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहालले पकुवालको शीघ्र स्वास्थ्यलाभको काम गर्नुभयो । पीडित पत्रकारको दुवै मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com