एकता संयोजन समितिको बैठक सुरु
प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार
फागुन ७, काठमाडौं । एमाले माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकताका लागि आज ९सोमबार० साँझ एकता संयोजन समितिको बैठक पुनः बसिरहेको छ। पटकपटकका दुई दलका शीर्ष नेताबीचका वार्ता र संवादपछि आजको बैठकमा एकताको खाकामा हस्ताक्षर गरिने बताइएको छ। एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालसहितका केन्द्रीय नेता तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादलसहितका नेता बैठकमा सहभागी रहेका एमाले अध्यक्ष ओलीका स्वकीय सचिव अनिस दाहालले जानकारी दिए।