बानेश्वरमा सरकारी गाडीमा आगजनी


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

विप्लव माओवादीका कार्यकर्ताले काठमाडौंको मध्यबानेश्वर स्थित एक घरमा पार्किङ गरिराखेको सरकारी गाडी आगजनी गरेका छन् ।  विप्लव माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ ।

मंगलबार विहान जिल्ला अदालत ओखलढुंगाको स्वामित्वमा रहेको बा १ झ ८१३८ नम्बरको गाडीमा अज्ञात समुहले आगजनीको प्रयास गरेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए ।

‘गाडीमा सामान्य क्षती पुगेको छ’ डिएसपी पौडेलले भने, ‘प्रहरी तत्काल घट्नास्थलमा पुगेर आगो निभाउन सफल भएको हुनाले ठुलो क्षती हुन पाएन् ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com