सशस्त्र प्रहरी प्रधान कार्यालय निरीक्षणमा गृहमन्त्री बादल थापा, दिए यस्तो निर्देशन (फोटोफिचर)


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले सशस्त्र प्रहरीको नेतृत्वलाई तटस्थ र निष्पक्ष ढंगले प्रभवकारी रुपमा जनताको सेवा र सुरक्षामा लाग्न निर्देशन दिएका छन् । आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण पछि सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।  गृहमन्त्री थापाले सशस्त्र प्रहरी बल चेन अफ कमाण्डमा चल्नु पर्ने भएको हुँदा सवैले आफ्नो तहगत संरचना बमोजिमको जिम्मेवारीलाई अक्षरस पुरा गर्न समेत निर्देशन दिए ।

मुलुक नयाँ शिराबाट रुपान्तरण हुँदै समृद्ध नेपाल निर्माणको दिशातर्फ अग्रसर रहेको चर्चा गर्नुहुँदै गृहमन्त्रीले भने, ‘सीमा सुरक्षा, विपद व्यवस्थापन, विशिष्ट व्यक्तिको सुरक्षा लगायत महत्वपूर्ण जिम्मेवारीहरुमा सशस्त्र प्रहरी बल सफल रहेको छ ।’

उनले सीमित साधनश्रोतका बाबजुद उल्लेखनीय कार्य गरिरहेको सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने श्रोत साधनको उपलब्धताको लागि गृहमन्त्रालयले संभव भएसम्मको प्रयास गर्ने समेत दाबी गरे । गृहमन्त्री थापाले प्रहरी नेतृत्वलाई व्यक्तिगत उन्नति र समृद्धिभन्दा माथि उठेर देश र जनताको हितमा समर्पित रहँदै कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्दै आफूलाई नमूनाको रुपमा प्रस्तुत गर्न समेत निर्देशन दिए ।

 रातोपाटी बाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com