उपचार खर्च दिन्न बरु नेपालकै अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउछु : लालबाबु पण्डित


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

उपचार खर्च मागीरहेका पुर्व सांसदहरुलाई जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले त्यस्तो माग पुरा नहुने बताएका छन् । उनले पूर्व सांसदहरुलाई स्वास्थ्य बिमा गर्न आग्रह गरेका छन् ।

पूर्व सांसद मञ्च, नेपालले आफ्ना आजीवन सदस्य पुनःसंघीय संसद्का सदस्य बनेका मन्त्री तथा प्रतिनिधिसभाका सदस्यलाई बधाई तथा सम्मान गर्न आयोजित कार्यक्रममा उनले उपचार खर्च नभई नेपालकै अस्पतालमा उपचार गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । ‘उपचार खर्च दिँदा सरकार बदनाम भएको छ, सरकारले पैसा दिने भएपछि विदेशमा गएर उपचार गर्ने चलन बढढेको छ, उनले भने त्यो रोक्नुपर्छ, धनीलाई भन्दा पनि कम पहुँच र कमजोर आर्थिक अवस्था भएकालाई दिनुपर्छ ।’

उनले काठमाडौँमा उपत्यकामा धुलोले क्यान्सरको मात्र बढाउने देखिएको अध्ययनबाट थाहा भएको उल्लेख गर्दै एक वर्षभित्र काठमाडौँलाई धुलोमुक्त बनाउनका लागि योजनाबद्ध रुपमा काम गर्ने बताएका छन् । मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठ गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com