दुइटा बिहे गर्नुहोस्,सरकारको तर्फबाट घर उपहार पाउनुहोस्
प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार
सुन्दा तपाईलाई पत्यार नलाग्ला। तर पत्याउनुहोस्। जोसँग दुई श्रीमती छन्, उसले पाउनेछ नयाँ आवास सुविधा, त्यो पनि सरकारको तर्फबाट।
संयुक्त अरब इमिरेट्सले बहुविवाहलाई प्रोत्साहन गर्दै नयाँ कानुन बनाएको छ। नयाँ कानुनअनुसार जोसँग दुई श्रीमती छन्, उसलाई नयाँ आवासका लागि घर सरकारले दिने व्यवस्था गरेको खालिज टाइम्स दैनिकले जनाएको छ।
युएईका आवास तथा भौतिक मन्त्री डाक्टर अब्दुल्ला बेलफेल अल नुइमीले फेडरल काउन्सिलमा उक्त योजनाको घोषणा गरेका हुन्। घोषणामा ‘देशमा अविवाहित महिलाको संख्या कम गर्न योजना ल्याइएको हो’ उनले भने, ‘यो योजनाले अविवाहित महिलाको संख्यामा कमी आउने छ।’ नेपाललगायत छिमेकी देश भारतमा भने बहुविवाह प्रथा कानुनद्वारा बर्जित गरिएको छ।