रेशम चौधरीका बुबा एमालेकै नेता भएकाे खुलासा, रिहा गर्नेबारे यस्ताे भन्छन् प्रधानमन्त्री अाेली ?


प्रकाशित मिति : फाल्गुन २२, २०७४ मंगलबार

कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित राजपा सांसद रेशमलाल चौधरीको मुद्दा र उनले जेलभित्रै थालेको अनसनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र राजपा नेताहरुबीच छलफल भएको छ ।

सोमवार संसद बैठकपछि राजपा अध्यक्ष मण्डलका पाँच जना अध्यक्षले प्रधानमन्त्रीसँग संसद भवनस्थित उनकै च्याम्बरमा भेट गरे ।

राजपा नेताहरुले चौधरी जनताबाट निर्वाचित भइसकेको र उनले अदालतमा आत्मसमर्पण गरेको सन्दर्भमा अब उनलाई दुःख दिने भन्दा पनि समाधान खोज्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । चौधरीले जेलभित्रै अनसन थालेको भन्दै राजपा नेताहरुले प्रधानमन्त्रीसँग सहयोग मागेको बताइएको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले अदालतको प्रक्रिया चलिरहेको र चौधरीप्रति आफ्नो कुनै पुर्वाग्रह नरहेको बताएका थिए । अदालतले गर्ने फैसला सबैले मान्ने तर त्यसअघि अनसन टुंग्याउन पहल गर्ने बारेमा प्रधानमन्त्रीसँग राम्रो कुराकानी भएको राजपाका एक नेताले बताए ।

छलफलमा प्रधामन्त्रीले रेमश चौधरीको परिवारनै एमाले भएकाले उनको बारेमा राजपा नेताहरुलाई भन्दा आफूहरुलाई बढी जानकारी रहेको समेत बताएका थिए । रेशम चौधरीका पिता लालबीर चौधरी एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेको प्रसंग पनि छलफलमा आएको थियो । लालबीर रेशमले जितेको क्षेत्र कैलाली १ (क) बाट एमाले उम्मेदवार थिए ।

त्यसो त रमेशलाल चौधरी पनि एमालेकै कार्यकर्ता थिए । ०५१ सालको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा उनी एमाले सम्बद्ध अनेरास्ववियुबाट रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए । उनी अनेरास्ववियुको पनि नेता थिए । उनको परिवार एमाले भए पनि पछिल्लो समय राजावादी हुँदै मधेशवादी आन्दोलनमा लागेका हुन् ।

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक नेताले भने–रेशमको परिवार एमालेकै सदस्य हुन् । उनका बुबा हाम्रो उम्मेदवार थिए तर जित्न सकेनन्, छोरालाई जनताले जिताइदिए,हामी जनमतको सम्मान गर्छौं तर अदालती प्रक्रियालाई सबैले सघाउनुपर्छ ।

रमेश चौधरीमाथि टीकापुरको सामुहिक नरसंहारको मुद्दा लागेकाले अदालतको आदेश पर्खिन उनले आग्रह गरेको बताइएको छ । वार्तामा सहभागी एमाले नेता सुवास नेम्वाङले चौधरीको बारेमा राजपा नेताहरु र प्रधानमन्त्रीबीच छलफ भएको र कानुन बमोजिमको प्रक्रियामा दुवै पक्ष सहमत रहेको बताए । प्रधानमन्त्रीले यसबारेमा आफ्नो तर्फबाट नेम्वाङले नै डिल गर्ने जानकारी राजपा नेताहरुलाई दिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com