बिश्वका खुशी देशहरुमा अमेरिका १८औ स्थानमा,पहिलो को भयो त ?
प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार
आषिस खनाल । फिनल्यान्ड विश्वको सबैभन्दा खुशी देश भएको छ । विश्वको खुशी देशहरुको सर्वेछणमा १५६ देशका बिचमा फिनल्यान्ड पहिलो स्थान पाउन सफल भएको छ ।तर बिश्वको सबैभन्दा शक्तिशाली रास्ट्र अमेरिका भने १८ औ स्थानमा रहेको छ जुन गत बर्षभन्दा ४ स्थान तल हो ।
तेस्तै दक्षिण एसियामा भने सबैभन्दा खुशी देशको रुपमा पाकिस्तान ७५ स्थानमा हुँदै अग्र स्थानमा छ ।
तेसैगरी भुटान ९७ स्थानमा छ भने नेपाल भने १०१ स्थानमा छ ।दक्षिण एसियाको सबैभन्दा ठुलो रास्ट्र भारत भने १३३ स्थानमा छ जुन अफ्गानिस्तान पछिकै खराब स्थान हो ।
अरु दक्षिण एसियाली रास्ट्रमा बङ्लादेश ११५ स्थानमा,शृलन्का ११६औ स्थानमा,म्यामार १३० स्थानमा र अन्टाईम स्थानमा रहेको अफ्गानिस्तान १४५ औ स्थानमा रहेको छ ।उक्त सर्वेक्ष्ण आय श्रोत,सामाजिक सद्भाव, सामाजिक सुरक्षा,समाजमा भ्रस्टचारको कमी का आधारमा गरिएको हो ।
उक्त सर्वेक्ष्ण रास्ट्रसंघले हरेक वर्ष गर्ने गर्दछ ।