प्रधानमन्त्री ओलीविरुद्ध यसरी खनिए फोरम अध्यक्ष उपेन्द्र यादव


प्रकाशित मिति : चैत्र ४, २०७४ आईतबार

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको पछिल्लो व्यवहार र चरित्र संघीयता अनुकूल नरहेको भन्दै संघीय प्रणालीको उलंघन गरेको आरोप लगाएका छन् ।

आईतबार काठमाडौंमा आयोजित ‘बृहत नागरिक बहस’ कार्यक्रममा बोल्दै अध्यक्ष्ँ यादवले प्रधानमन्त्री ओलीले प्रदेशको अधिकारमाथि हस्तक्षेप गर्न खोजेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कैलालीमा बोक्सीको आरोपमा कुटपीट गर्नेमाथि कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएर सम्बन्धित प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको उनले बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौंधरीलाई पक्राउ गर्ने अधिकार केन्द्र सरकारलाई नरहेको अध्यक्ष यादवले बताए ।

प्रदेशलाई स्रोत, साधनले सम्पन्न नबनाए मुलुकमा फेरि नाकाबन्दी हुने भन्दै उनले शान्तिका लागि सबै प्रदेशमा आवश्यक स्रोत र साधनको व्यवस्था गर्न केन्द्र सरकारले ढिलाई गर्न नहुने जिकिर गरे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com