वातावरणमन्त्री भारतमा गएर पाउरोटी खाएको, कालोबजारमा भारतीय रुपैयाँ साटेको कमिसन सरकारसँग माग
प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार
२६ असार ०७४ को निर्णयानुसार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानलाई प्रचलित ऐन–नियमको परिधिभित्र रही उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन ४३ लाख ४१ हजार पाँच सय ५२ रुपैयाँ रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
सो निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगन्ज र भारतको मेदान्त अस्पतालमा उपचार गर्दा ७३ लाख खर्च भएको जनाउँदै तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा निवेदनसहित बिल पेस गरेका थिए ।
पासवानले औषधोपचार खर्चबाहेक भारतमा गएर पाउरोटी खाएको, कालोबजारमा भारतीय रुपैयाँ साटेको कमिसन पनि सरकारसँग माग गरेपछि स्वास्थ्य मन्त्रालयले अर्थमा पत्र नपठाई ढिलाइ गरेको थियो । अन्तिममा लागेको खर्चबाहेकको २९ लाख ९० हजार ४ सय ४८ रुपैयाँ कटाएर निकासा भएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।