काठमाडौँबाट चार किलो अफिमसहित तीन जना पक्राउ


प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

चैत ६,काठमाडौं । चार केजी अफिमसहित तीन जनालाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले पक्राउ  गरेको छ। उनीहरुलाई ब्युरोले अफिमको कच्चा पदार्थ काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका सोमबहादुर तितुङ, बज्रबहादुर बम्जन र प्रेमबहादुर थिङ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मध्य तितुङ मुख्य कारोबारी हुन् । विदेशमा पठाउनका लागि यो कच्चा पदार्थ काठमाडौँ भित्राइएको हुन सक्ने प्रहरीको अनुमान छ ।

अफिमको कच्चा पदार्थबाट हेरोइन बनाइने ब्युरोका प्रमुख डिएसपी ठूले राइले जानकारी दिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com