मैले गार्इ काटेर खान पाउनुपर्छ भनेर बोलेको कुनै आधार छैन, मेरो चरित्रहत्या भयो, अदालत जान्छु ‘ -उपसभामुख


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

केही दिनयता नेपालमा गाईको विषयमा निकै चर्काचर्की बहस सुरु भएको छ । यसलाई आआफ्नो किसिमले रक्षा र प्ररिक्षा अनि अति तल्लोस्तरका टिप्पणी गर्ने गरेका छन् ।

प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले गाई काट्ने कानुन बनाउनुपर्छ भनेको भन्दै समाचारहरु आए तर उनले आफ्नो चरित्र हत्या भएको बताएकी छन् ।

गाईकाण्ड लफडामा फस्दै आएकी उपसभामुख तामाङले आफ्नो चरित्र हत्या प्रयास भएको भन्दै अदालत जाने बताएकी छिन् । उनले भनिन्, ‘यो विषयमा कुरै नबुझि मलाई मुछ्ने काम भयो, मेरो चरित्र हत्या प्रयास भईरहेको छ । अब कानुनी उपचार खोज्ने सोचमा छु ।’

उपसभामुख तामाङले गाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्नेु धारणा राखेको भन्दै चौतर्फी व्यापक आलोचना तथा विरोध भईरहेको छ । उनको गृहजिल्ला नुवाकोटमा त कांग्रेस सडकमै आएको छ । नुवाकोट कांग्रेसको निर्देशनमा शनिबार साँझ नेविसंघ नुवाकोटले विरोध जुलुस निकालेको थियो ।

समाजिक सञ्जाल र राजनीतिकरणा भइरहँदा तामाङले मुख खोलेकी हुन् । उनले भनिन्, ‘सामाजिक सञ्जालमा कसले लेख्यो र कुन आधारमा लेख्यो त्यो मलाई थाहा छैन । यो विषयमा मैले धेरे बोलिरहेको छैन । म हेर्दैछु । अहिले धेरै जनाको बहस हेरिरहेकी छु ।’ यो राजनीतिक प्रतिशोधको आधारमा चलाईएको हल्ला भन्दै उनले भनिन्- ‘नुवाकोटमा कांग्रेस हारेको छ । त्यो खपिनसक्नु भएर गलत अफबाह फैलाइएको हो ।’

आफुले गाई काटेर खान पाउनुपर्छ भनेर कहिल्यै नभनेको दाबी गरिन। अहिले आफुले सामाजिक सञ्जालमा आईरहेका प्रतिक्रियाहरु हेरिरहेकी भन्दै उनले भनिन्, -‘मैले गार्इ काटेर खान पाउनुपर्छ भनेर कहाँ बोलेको कुनै आधार छैन । काँही केही भनेकी छैन । त्यस्तो रेकर्ड पनि छैन । अहिले म जुन पोष्टमा छु । त्यो पोष्टमा रहेर मैले के गर्नुपर्छ । के बोल्नुपर्छ भन्ने मलाई राम्ररी थाहा छ ।’

नेपाल तामाङ घेदुङले भनेको कुरालाई आफुसँग जोडेर आएको भन्दै उपसभामुख तामाङले यो विषयमा आफु अनविज्ञ रहेको बताईन् । यो विषयमा नेपाल तामाङ घेदुङले गृहमन्त्री, मुख्य मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको छ ।

उनले भनिन् ‘मेरो विरोध गर्ने केही पात्रहरु मैले चिनेको छु । मेरो विनाआधार चरित्र हत्यागर्ने तिनीहरुको बिरुद्धमा कानुनी लडाई लड्ने र कानुनी बाटो खोज्ने पनि सोचमा छु । अहिले बाहिरको कुरा, नियाली रहेकी छु ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com