प्रधानमन्त्रीले नयाँ बर्षमा रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्ने
प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
कर्णालीप्रदेशले आयोजना गरेकोपर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारातालजाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७औ महाअधिवेशनको आज राधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिए ।
“कर्णालीप्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” प्रधानमन्त्रीओलीले भने “राराबाट यसपालीपर्यटनको बिगुलबजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने माप्रधानमन्त्रीको जोड छ ।
प्रधानमन्त्रीओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमितनीति र गतिमामात्र सञ्चालननहुने बताए । “यो सरकार भिन्ननीति र गतिमा सञ्चालन हुन्छ” प्रधानमन्त्री ओलीले भने “यो सरकारले नेपाल बनाउछ । केहीबर्षमामानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन् ।”
प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमननगर्ने बताउनुभएको छ । तर हत्या,हिंसा, चन्दाको माध्यमबाट समाजलाई आतंकितपार्नेहरुलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ । “सरकार जनताको सेवक हो । कसैलाई दमन गर्दैन तर जनतालाई दुःखदिने,आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन ।”