उत्तर कोरियालाई सघाएको भन्दै २१ पानीजहाज कम्पनी संयुक्त राष्ट्रसंघकाे कालाेसूचीमा


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियालाई सघाएको आरोपमा २७ वटा पानीजहाज, २१ वटा पानीजहाज सेवा कम्पनी र एक व्यक्तिलाई कालोसूचीमा राखेको छ।

अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न उक्त कम्पनीले उत्तर काेरियालाई समान ढुवानी गर्दै अाएकाे भन्दै  प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ।

अघिल्लाे महिना अमेरिकाले तेल, कोइला लागायत वस्तुको तस्करी बढेको भन्दै नियन्त्रणका लागि जहाज र तिनका कम्पनीलाई कारबाहीको दायरामा ल्याउने उपायसहितको प्रस्ताव परिषदमा गरेको थियो।

प्रतिबन्ध लगाइएका तेल ट्याङ्कर र कार्गो पानीजहाजलाई बन्दरगाह प्रवेशमा विश्वव्यापी रोक लगाइएको र ती कम्पनीको सम्पत्ति रोक्का गरिएको छ।  संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदुत निक्की हेलीले उत्तर कोरियामाथि दबाब कायम गर्न सुरक्षा परिषदको पछिल्लो कदमले अन्तर्राष्ट्रिय समुदाय एक भएको बताएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com