आगामी ९ बैशाखमा एकता गर्ने गरी एमाले र माओवादी संयाेजन समितिकाे बैठक सकियाे
प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि गठन भएको दुई वटा कार्यदलले आगामी ९ बैशाखमा एकता गर्ने गरी सुझाव दिएको माअाेवादी नेता देवेन्द्र पाैडेलले जानकारी दिए ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत रहेको पार्टी एकता संयोजन समितिको बैठक आज बालुवाटारमा बसेको थियो ।
सो बैठकमा एमाले नेता माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन र गृहमन्त्री तथा माओवादी नेता रामबहादुर थापा बादलको अन्तरिम विधान मस्यौदा बुझाएको थियो ।
संयोजन समितिको बिहीबार बस्ने बैठकले सबै विषय टुंग्याउने माओवादी नेता पौडेलले जानकारी दिए ।
नेपाल र बादलकाे नेतृत्वकाे कार्यदलले एकीकृत पार्टीको अध्यक्ष ओली र प्रचण्डले आलोपालो गर्ने विषयमा सहमति कायम भए पनि केन्द्रीय समिति कत्रो आकारको बनाउने र कुन अनुपातामा एकता गर्ने भन्ने विषय टुंगित बाँकी रहेको प्रतिवेद बुझाएको छ ।