लुम्बिनीको पर्यटन विस्तारमा चुनौती


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

भौतिक पूर्वाधार समयमा निर्माण हुन नसक्नु बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा चुनौती थपिदै गएको छ ।

राजधानी काठमाडौँदेखि लुम्बिनीसम्म पुग्ने मुख्य राजमार्गको विस्तार समयमा सम्पन्न हुन नसक्नु र भैरहवा–लुम्बिनी सडकखण्डमा निर्माणाधीन आधा दर्जन पक्की पुलमध्ये अधिकाँशको निर्माणमा भएको ढिलाईका कारण सडकमा देखिएका जामले पर्यटन प्रवद्र्धनमा चुनौती थपिएको हो ।

भैरहवा–लुम्विनी सडकखण्डमा देखिएका विभिन्न समस्याले लुम्विनीको पर्यटन प्रवद्र्धनमा अवरोध सिर्जना भएकाले लुम्बिनीका सरोकारवाला निकायले आज प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएको छ ।

प्रदेशसभा सदस्य फकरुद्दीन खाँनको नेतृत्वको टोलीले मुग्लिन–नारायणगढ र बुटवल–भैरहवा सडक विस्तारका कारण लामो समयदेखि प्रभावित लुम्बिनीको पर्यटनमा भर्खरै शुरु भएको भैरहवा–लुम्बिनी सडक विस्तारले थप अप्ठ्यारो पारेको र यसले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा चुनौती देखिएको बताएको छ ।

चार वर्ष अघि ठेक्का भएको भैरहवा–लुम्विनी सडकका पाँच वटा पक्की पुलमध्ये तिनाउ र दानव नदीको पुल विस्तारमा ठेकेदारले गरेको ढिलासुस्तीका कारण घन्टौँ सवारी अवरोध हुन थालेका कारण लुम्बिनी घुम्न आउने पर्यटक घन्टौँ जाममा फस्नुपर्ने अवस्था आएको, एम्बुलेन्सको प्रयोग गरेका बिरामीले समेत समयमा उपाचार पाउन नसकेको, सडक निर्माण र सिमेन्ट उद्योगबाट निस्केको धुलोका कारण प्रदूषण बढेको, पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी गुरुयोजना क्षेत्र बाहिर भौतिक पूर्वाधारको अभाव रहेकोलगायत समस्याप्रति टोलीले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

टोलीले लुम्बिनी आउने लाखौँ पर्यटकलाई स्वागत गर्न आफूहरु आतुर रहेपनि सरकारले पर्यटनमैत्री भौतिक संरचना निर्माणमा सहयोग नगरेको गुनासो पनि मुख्यमन्त्री समक्ष राखेका थिए ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले लुम्बिनीमा दश वर्षभित्र ५० लाख पर्यटक पु¥याउने लक्ष्यका साथ प्रदेश सरकार अगाडि बढ्ने बताउँदै लुम्बिनीको पर्यटन प्रवद्र्धनमा देखिएका समस्या चाँडो समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी सरोकार समितिका तर्फबाट पर्यटन व्यवसायी हेमबहादुर विष्ट, अकरामुद्दीन खान, भन्ते सागर धम्म लगायतले त्यस क्षेत्रमा देखिएका समस्याका बारेमा मुख्यमन्त्री लाई पोखरेललाई अवगत गराएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com