ऐतिहासिक महत्वका ढुङ्गेधारा संकटमा (फोटो फिचर)


प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार

काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा नेवार समुदायका अग्रजले प्राचीनकालदेखि निर्माण गरेर छाडेका ऐतिहासिक महत्वका ढुङ्गेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आफ्नो छुट्टै पहिचान बोकेको छ । आजकल तिर्खा लाग्ने उखरमाउलो गर्मीमा यस्ता ढुङ्गेधाराको सम्झना जो कसैलाई हुन्छ ।

ङ्गेधारा हिजोआज मात्रै विकास भएको प्रणाली होइन । यसको पछाडिको इतिहास लिच्छविकालसम्म जोडिएको छ । लिच्छवी राजा मानदेवका नाति भारविको पालामा बनेको काठमाडाँैंको हाँडीगाउँको ढुङ्गेधारा अहिलेसम्मकै सबैभन्दा प्राचीन मानिन्छ।उत्कृष्ट कलाकौशलका रुपमा रहेका काठमाडौँं, ललितपुर तथा भक्तपुरका टोल टोलका यस्ता ढुङ्गेधाराको मुख्य विशेषता भनेको चौबिसै घन्टा पानी बगिरहनु हो ।अहिले धेरैजसो ढुङ्गेधारामा पानी बग्दैन, सुख्खा ढुङ्गाको टुटी मात्र बाँकी छ । काठमाडौँं उपत्यकाभित्र ३९४ ढुङ्गेधारा फेला पारेका छन् ।

तीमध्ये २२९ वटाबाट निरन्तर पानी बगिराखेका् तथा ६२ वटा सुकिसकेका छन् । त्यस्तै ५७ ढुङ्गेधारा पुरिइसकेका छन् । नत कसैको ध्यान ढुंगे धारा सम्रक्ष्याँन पुगेको छ नत कसैको चासोनै ,

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com