कालो हरिणको शिकार गरेकोमा दोषी पाइएका सलमान खानलाई जमानत मिलेन


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

कालो हरिणको शिकार गरेकोमा दोषी पाइएका बलिउड अभिनेता सलमान खानलाई अदालतबाट शुक्रबार जमानत मिलेन।

जमानतका लागि सलमानका वकीलले गरेको अपीलमा जोधपुरको सेशंस कोर्टले शनिबार सुनुवाइ गर्ने भएको छ।

पाँच वर्षका लागि बिहीबार जेल चलान गरिएका सलमानले थप एकदिन जेलमा बिताउनुपर्ने भएको छ।

जोधपुर जिल्ला सत्र न्यायालयले सलमानको अपीलमाथि शुक्रबार सुनुवाइ गरेको थियो तर तल्लो अदालतको रेकर्ड संलग्न नभएको भन्दै सुनुवाइ शनिबारका लागि सारिएको छ।

सलमानका वकील महेश बोडाले जमानतका लागि निवेदन दिएका थिए।उक्त अवसरमा सलमान विरुद्ध मुद्दा लडेका सरकारी वकील पनि उपस्थित थिए। तर, अदालतलाई तल्लो अदालतको रेकर्ड नआएको भन्दै सुनुवाइ सारिएको थियो।

न्यायाधीशले दुवै पक्षलाई सलमानको मुद्दाबारेका सबै फाइल उपलब्ध गराउन भनेका थिए। जसको अध्ययनको आधारमा उनको जमानतको अपीलमाथि फैसला गर्न सकियोस्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com