सीरियामा रासायनीक ग्यास आक्रमण, ७० को मृत्यु
प्रकाशित मिति : चैत्र २५, २०७४ आईतबार
सीरियाको गुटास्थित डउमा क्षेत्रमा रासायनीक ग्यास आक्रमण हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ ।
गुटा क्षेत्रमा विद्रोहीविरुद्ध सरकारी सेनाले आक्रमण गर्दै आएको छ । सीरियाली सेनालाई रुसले सघाइरहेको छ ।
गुटाको डउमा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको समाचारहरु आइरहे पनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले घटनाको अनुगमन गरिरहेको र यस रसायनिक आक्रमणको जिम्मेवारी सीरियालाई सघाइरहेको रुसले लिनुपर्ने बताएको छ ।